Powered By Blogger

Pages

Saturday, March 13, 2010

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र

–केशु बिरही

अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट (वि.स.१९२३ –१९५३)लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । वि. स. २०३६ (जसलाई गजलको आधुनिक काल मानिन्छ) साल पछि भने गजलले व्यापक रुप नै लिन पुग्यो । त्यसमा पनि वि. स.२०४६ साल पछि त झन गजल लेखनको एउटा लहर नै चलेको पाइन्छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । उनीहरुलाई डर छ कही कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हा कि भनेर । त्यसैले उनीहरु हत्तारिएका हुन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई एउटा जीतको कुरा हो भन्दन अत्युक्ती नहोला ।
हुन त यति भएर मात्र गजलको विकाश भएको मानिदैन । यदि यतिलाई नै गजलको प्रगति भएको हामीले ठान्यौ भने त्यो किमार्थ सत्य हुदैन । त्यो हाम्रो भुल हुने छ । नेपाली गजललाई माथि उठाउन थुप्रै कामहरु वाकी छन । थुप्रै चुनौतिहरुको सामना गर्नुे छ । नेपाली गजलमा आज थुप्रै अवरोधहरु छन । थुप्रै चुनौतिहरु छन । तिनीहरुलाई पन्छाउदै जानु नै आजको आवस्यकता हो । गजलमा देखिएका वाधा अवरोधहरुको निराकरण गर्दै जानु हाम्रो र्तव्य पनि हो । हो आज त्यही समय आएको छ । गजलमा आज वाह्य मात्र होइन आन्तरिक रुपमा पनि आक्रमण भैरहेका छन । प्रयोगको नाममा होस या पमिार्जनको नममा होस गजललाई आज विकृत वनाउदै लगिएको छ । गजलललाई गेय विधाको रुपबाट अलग्याइदै एक पाठ्य विधाको रुपमा वदल्ने प्रयासहरु भैरहेका छन । अर्थात बहरबाट टाढा पारिदै छ भनेर गुनासाहरु प्नि आइरहेका छन । अर्थात गजललाई लयबाट टाढा पर्ने काम भैरहेको छ । यो राम्रो लक्षण होइन । यसको वारेमा सचेत हुनु पर्ने वेला आएको छ । यसका वारेमा गजल प्रेमीहरु एक जुट हुनु पर्ने वेला आएको छ ।
गजल नेपाली माटोमा भित्रिएको यतिका साल भै सक्दा पनि । गजलले यति धेरै प्रगति गरिसक्दा पनि आज सम्म गजललाई एउटा छुट्टै विधाको रुपामा स्वीकार्न कन्जुस्याई भैरहेको छ । आज पनि केही मानिसहरु गजललाई कविताको संज्ञा दिन र त्यही अनुसारको व्यबहार गर्न पनि पछि परिरहेका छैनन । आफ्नो पुरातन एवम् अग्रगमन विरोधी सोचलाई परिवर्तन गर्न चाहिरहेका छैनन । त्यसैले कहि गजललाई कविता र कही गीतकै श्रेणीमा राखिरहेका छन । छोटो भएकोले मुक्तक वा गाउन सकिने भएकोले गीत भनेर पनि भनिने वा त्यही मुताविक व्यवहार पनि गरिएको पाइन्छ । गाउदैमा गीत र छोटो हुदैमा मुक्तक हुन्छ भन्ने सोचमा परिवर्तन ल्याउन जरुरी छ ।
हुन त त्यसो हुनुमा हाम्रो पनि एउटा कमजोरी रहेको छ । हामी हाम्रो रचना प्रकाशन मात्र भए होस भन्ठान्छौ तर यसको अस्तित्व के छ । यसले के प्रभाप कस्तो पर्छ भन्ने कुरामा ध्यान दिदैनौ । अर्थात हामीलाई मात्र हाम्रो रचना छापिए पुग्छ । त्यो गीतको नाममा छापियोस या कविताको नाममा । अझ गीत नै भनेर छापिदियो भने पनि हामी मख्ख पर्छौ । मेरो रचना छापियो भनेर छाती फुलाऔछौ । तर यो गलत हो । रचना छापिनु नै सवै थोक होइन । एक पटक सोच्नु होस त यदि कसैले तपाइलाई अरु नै कसैको नमा लिएर वोलायो भने वा त्यही अनुसार व्यवहार गर्यो भने कस्तो होला । के त्यो तपाईलाई पाच्य हुन्छ ? के तपाई त्यसलाई सहज मान्नु हुन्छ ? त्यस्तै गजललाई गजल नभनेर कविता वा गीत वा मुक्तक भन्दा कस्तो होला ? कस्तो लाग्ला ? के तपाईलाई यो चित वुज्छ ? के यसले गजलको विकाशमा टेवा पुग्छ र ? के यो गजलको अपमान भएन र ? अनि गजलको अपमान भए पछि तपाई गजलकारको चाही के मान भयो र ? आफ्नै अपमान भएको मन पराउने हामी कस्तो मानिस ? हो यसको लागि अव सोच्नु पर्ने वेला आएको छ । यसबाट वच्न के गर्नु पर्ला भन्ने जिज्ञासा आउनु स्वभाविक नै हो । यसको एउटा मात्र उपाय हुन्छ त्यो हो संघर्ष वा तिरस्कार । हामी त्यस्ता गजलको अस्तीत्व नस्वीकार्ने पत्र पत्रिकालाई वा संचार माध्यमलाई तिरस्कार गर्नु पर्छ । हामी हाम्रा रचनाहरु नदिन सक्नु पर्छ । र नदिनु नै वेश हुन्छ । वा संघर्ष गर्न सक्नु पर्छ । वुझाउन सक्नु पर्छ । वुझाउन नसक्नु चाही हाम्रो कमजोरी हो ।
हामी कलम चलाउछौ र चलाउदै आएका छौ पनि । तर किन हाम्रो कलम त्यस वारेमा चल्दैन ? त्यस्ता गल्ती जस्ले सुकै गरोस । ती पत्रिाहरु मधुपर्क होस या गरिमा जुन सुकै हुन तिनीहरुको कमजोरीको वारेमा लेख्नु पर्यो नि । (यहा आएका मधुपर्क वा गरिमा एउटा दृष्टान्त मात्र हुन) आफ्ना रचनाहरु प्रकाशित नगरिदेलान कि भनेर हामी कमजोरीलाई पनि कमजोरी भनेर भन्न डराउ छौ । अर्थात हामी चाकरी चाप्लुसी तर्फ कतै लागेका त छैनौ ? एक पटक छातीमा हात राखेर सोचौ त ?
अर्को कुरा भनेको हामी हामी विचमा पनि एकता छैन । नेपाली राजनीतिको प्रभाव गजलमा पनि नराम्ररी छिरेको छ । हामी पुर्वमा वस्ने पुर्वेली पश्चिममा वस्ने पश्चिमेली । हामी झापाली भापाली एक हुनु पर्दछ । हामी काठमाण्डौ वस्ने एक हुनु पर्दछ । भनेर गुट उप गुटमा विभाजित छौ । (यहा काठमाण्डौ, झापाली एउटा दृष्टान्तको रुपमा मात्र प्रयोग भएका छन) अनि यही अनुसार हामी व्यवहार गर्छौ पनि । नेपाली गजलका हामी पुजारी भएर पनि राजनीतिमा प्रभावित भएर व्यवहार गर्छौ । अनि कहा गजलको विकाश हुन्छ त । एउटाले ल्याएको सही कुरा नै भए पनि हामी विरोध जनाइहाल्छौ । त्यही क्षत्रीयता र जातीयतामा अडिएर । त्यही अघिल्लो र पछिल्लो पुस्ताको संज्ञा दिएर । क्षत्रियता वा पुस्ताको धङ्गधङ्गी हामीबाट कहिलै पनि हराएन ।
अनि हामी वीच श्रेय कस्ले लिने भन्ने वारेमा लडाइै नै हुन्छ । होड नै चल्छ । यदि मैले उस्को कुरामा सहमती जनाएँ भने त उसले श्रेय लिईजान्छ । उस्लाई सवैले चिनिजान्छन । म त पछि परि जान्छु नि भन्ने सोचेर हामी असहयागी वन्न पुग्छौ । असहमती जनाउन पुग्छौ । सायद यही गजल संग संवन्धी बहसमा पनि मलै त्यो छनकको अनुमान लगाएको छु । सवैलाई थाहा छ यो आवस्यक्ता हो । गजलमा बहस चाहिएको छ । तर जुँगााको लडाईले गर्दा असहयोग पनि हुन सक्छ । अनामण्डली एवम् पल्लव लगायतका समुह तथा व्यक्तीहरुले गजलमा बहर आन्दोलन नै छेडेका छन । उनीहरुलाई नेपाली गजलको चिन्ता छ । गजललाई सही बाटोमा लैजान पाए हुन्थ्यो भन्ने सोच छ र हुनु पनि पर्छ । तर भित्र भित्रै बहर विरोधीहरु, जस्लाई बहरवादीहरु गजलविरोधीहरु हुन भनेर भन्ने गर्छन । उनीहरु कै भनाइमा तिनीहरु नै आज खुट्टा तान्न तल्लीत छन । कसरी यिनीहरुलाई पछार्न पाए हुन्थ्यो भनेर हेरिरहेका छन । तर यहा स्तम्भकार प्रष्ट छ । उसले कुनै पनि वादको प्रतिनिधित्व गर्दैन । मात्र उसले त गजलमा बहरको आवस्यक्ता छ । बहरको प्रयोगले गजललाई विगार्ने होइन अझ सुन्दर वनाउछ । यस तर्फ सोच्नु पर्छ । बहरको वारेमा अध्ययन गर्नु पर्छ कि भन्ने के आवाज मात्र निकालेको हो । त्यसै आधारमा धेरैले यो त बहरवादी भयो । यो समयमा आएर बहरको कुरा गर्नु भनेको गजललाई पुरानै अवस्थामा पुर्याउनु हो । पुनः राजामहाराजाको कोटीमा छिराउनु हो भनेर विरोध गरे । यहा प्रष्ट हुनु जरुरी छ कि यो अवधारणा कुनै वादको वकालत गर्न भने आएको होइन । बहसको क्रममा यी सारा कुराहरु आउन सक्छन । चर्चा परिचर्चा हुन सक्छन । सवैलाई आ–आफ्नो वीचार राख्ने स्वतन्त्रता छ । आफूलाई मन परेको कुरा वोल्न पाउछन । तर ती वीचारले गजललाई नकारात्मक असर चाही पार्नु भएन भन्ने हो ।
नेपाली गजललाई अगाडि वड्न नदिने । अर्थात गजलको विकाश भएको हेर्न नचाहाने एउटा समूह छ । त्यो समूह शिक्षित छ तर साह्रै अज्ञानी छ । किन भने उनीहरुले हिजो गजलको वारेमा जानेनन वा जान्नै चाहेनन । अर्थात गजलको भविष्यनै देखेनन त्यतिखेर । त्यसैले उनीहरुले त्यो जान्न नचाहाएका पनि हुन सक्छन । उनीहरुले यस्तो सोचेको पनि थिएनन कि गजलले यति चाँडै प्रगति गर्ने छ । गजल यति चााडै लोकप्रीय विधाको रुपमा उदाउने छ भनेर । यी सवै उनीहरुका कल्पना भन्दा वाहिरका कुरा थिए । त्यसैले यो सव पचाउन कठिन भैरहेको छ । त्यस्ता व्यक्तीहरुको पहुच पनि कम छैन । उनीहरु जता ततै छन । आफूलाई सर्वव्यापी तथा सर्वशक्तीमान पनि ठान्दछन उनीहरु । त्यसैले उनीहरु जस्तो सुकै हत्कण्डा अपाएरै भए पनि गजललाई पाखा लगाउन चाहन्छन । गजलको अस्तीत्व समाप्ता गर्न चाहन्छन । त्यसैले कहिले गजल भनेको यो भेल हो । यस्मा कुनै दम छैन । यो त एउटा किर्ने काँडाको झार मात्र हो भन्ने अभिव्यक्ती दिन्छन । हो आज यही कुरालाई चिर्न आवस्यक्ता देखिएको छ । नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयासले नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे । हामीले पनि होष्टेमा हैसे लगायौ । र लगाइरहेका छौ पनि । फलत आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकास निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण गरिरहेका छन । गजललाई किर्ने काडाको संज्ञा दिन पनि पछि परेका छैनन । तर हामीले वुझेका छौ गजल कुनै कमजोर किर्ने काँडा जस्तै होइन र हुने वाला पनि छैन । गजल एक सशक्त विधा हो । यसले अन्य विधाका हजारौ पेजमा लेखिएको ग्रन्थ या महा ग्रनथले पनि उठाउन नसकेका वा वर्णन गर्न नसकेका विषय वस्तुहरु पनि एउटा शेरले वर्णन गर्न सक्छ भन्ने भनाई पनि पुष्ट भैसकेका छन । त्यसेले उनीहरुका वीचारमा कुनै दम देखिदैन । दम विनाको विचार लामो समय सम्म टिक्न सक्दैन । तर हामीले यस तर्फ भने सोच्नै पर्ने वेला आएको छ । गजललाई फाल्तु एवम् किर्ने काडाको संज्ञा दिनेहरु संग डटेर लड्नु पर्ने वेला आएको छ । कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यसको लागि हामीले वोलरे होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई किर्ने झारको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । आज पनि गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएका छन । प्रयोगका नाममा होस या अन्य नाममा होस आज गजललाई क्लिष्ट एवम जटिल वनाइदै छ । आज यीनै यावत कुरालाई धयामा राख्दै यो अन लाइनबहसको अवधारणा अघि सारिएको हो । यसैको लागि पनि हो यो अन लाइन गजल संवन्धी बहस आउनु परेको । आउनु होस हामी एक जुट भएर नेपाली गजल संवन्धी यो महन यात्रामा एक भएर अघि वढौ । अनलाइन बहसमा भाग लिऔ । अनलाईन बहसको प्रष्ट धारणा रहेको छ । बहस संवन्धीको अवधारणाको वारेमा तल उल्लेख गरिएको छ ।

यो बहसको उद्देष्य भनेको निम्न लिखित रहने छ ः

(१) यो बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको प्रचार प्रसार गर्नु । नयाँ तथा सिकारु गजलकारका लागि गजलको सिद्धान्त र संरचनाको वारेमा जानाकारी गराउनुका साथै गजललाई शिष्ट तथा मर्यादित वनाउन एउटा अभियान संचालन गर्नु पनि हो ।

(२) नेपाली गजल स्थापना कालको यती लामो समय वितिसक्दा पनि यसमा थुप्रै दुविधाहरु विध्यमान छन । जस्को कारणले गजलको स्तर वृिद्ध हुन सकेको छैन । यो बहसले ती तमाम दुविधाहरुको खोजी गरी तिनीहरुको निराकरणको वाटो पहिल्याउने प्रयाश गर्ने छ ।

(३) गजल संवन्धी प्रचार प्रसार गरी सकारात्मक धारणाको विकाश गरिने छ । बहसको क्रममा आएका तमाम जिज्ञासाहरुलाई गजलका विज्ञ सामु प्रस्तुत गरिने छ र बहसको क्रममा आउने र आउन सक्ने विवादित कुराहरुलाई सामूहिक रुपमा बिज्ञहरुसंग छलफल गरी त्यसको निचोड निकाल्न प्रयास गरिने छ । साथै विज्ञहरुवाट प्राप्त उत्तरलाई वा सामधानहरुलाई अनलाइनमा राखिने छ ।

(४) यस बहसले नेपाली गजलमा कलम चलाउने वा गजललाई माया गर्नेहरु वीचमा एउटा पुलको काम गर्ने छ । गजललाई माया गर्नेहरुलाई एउटा पारिवारिक संवन्ध वनाउनमा सहयोग पुर्याउने छ । नेपालमा मात्र नभएर नेपाल वाहिर छरिएर रहेका नेपाली गजलकारलाई एउटै सुत्रमा वाध्नका लागि एउटा राष्टिय गजल प्रतिष्ठानको निर्माणमा जोड दिने प्रयाश गर्ने पनि यस्को लक्ष रहने छ । जुन प्रतिष्ठानले देश विदेशमा छरिएर रहेका तमाम गजलकारलाई एउटै मालामा उनी गजल विरुद्ध हुने आक्रमणमा एक जुट भई डटेर सामना गर्न अभिप्रेरित गर्ने छ ।

(५) यस बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको उत्थान तथा संवर्धनमा तपाइकै धारणा स्थापित गरी सवै सामु पुर्याउनु पनि हो । अनलाइनको माध्यमबाट तपाईका धारणा साटासाट गराउनु तथा ती तपाईका धारणाहरु सवै सामु पुर्याउन यो अभियान लागि पर्ने छ ।

(६) बहसमा पुराना तथा स्थापित गजलकारहलाई स्वागत तथा उहाहरुको योगदानको उच्च मुल्याङ्कन गर्दै नयाँ गजलकार तथा सिकारुका लागि चाहिने सैद्धान्तिक खुराक पनि उपव्ध गराइनुका साथै उनीहरुलाई नेपाली गजल तर्फ अभिप्रेरित गरिने छ ।

(७) नेपाली गजल संवन्धी बहस संचालन गर्दै आएका संघ संस्था, व्यक्ती तथा पत्र पत्रिकाहरु वीच सहकार्य गरिने छ । र सह– अस्तित्वको भावनाका साथ अगागि वढिने छ ।

बहसमा भाग लिने प्रावधानहरु यस प्रकार रहेका छन ः

(क) बहसमा सवै गजल प्रेमीहरुले भाग लिन पाउने छन । त्यसको लागि नेटको सुविधा भने हुनु पर्ने छ । आफू संग नेटको सुविधा नभएका महानु भावहरुको खण्डमा भने यो सुविधा प्राप्त हुने छैन । तर उनीहरुले नेटको सुविधा भएको ठाउमा गएर पनि बहसमा भाग लिन सक्ने छन ।

(ख) हुन त बहसको उद्देस्य भनेको बहसकै क्रममा उव्जीएका जिज्ञासा हरुको आधारमा बहसलाई अगाडि वढाइनु हो तर सहभागी (पाठक)को सुविधालाई ध्यानमा राखेर बहसका आएका र आउन सक्ने सवालहरु एक मुष्ट रुपमा पनि उपलव्ध गराइने छ तर यो सुविधा सवैलाई प्राप्त हुने छैन । यो सुविधा नेटको सुविधा नभएका तर बहसमा भाग लिन चाहाने महानु भावले मात्र पाउने छन । त्यसको लागि भने त्यस्ता सहभागीले आफ्नो इमेल ठेगाना उपलव्ध गराउनु पर्ने छ ।

(ग) सहभागीबाट प्राप्त हुने सवै खाले जानकारी (पत्रहरु, जिज्ञासा एवम् वीचार)हरु बहसको क्रममा प्रयोग गरिन सकिने हुनाले सहभागीहरुलाई नकारात्मक एवम् व्यक्तीगत आक्षेप लाग्ने खाल्का सामाग्रीहरु नपठाउन अनुरोध गरिन्छ । त्यस्ता वीचार वा लेखहरु बहसमा सामेल गरिने छैन ।

(घ) यो बहसलाई क्रमैसग वुँदागत रुपमा अगाडि वढाइने छ । बहसका क्रममा आएका जिज्ञासा र जिज्ञासाका क्रममा उव्जिएका विषय वस्तुहरुलाई पनि क्रमै संग राखिने छन । त्यसरी बहसमा आएका विषय वस्तुमा आधारित भएर एउटा बहसको मुल ड्राफ्ट तयार गरिने छन । र त्यसरी वनेका ड्राफ्टहरु अनलाइनमा राखिनुका साथै विभन्न विद्धुतीय तथा छापाका माध्यमबाट प्रकाशन गरिने छ । सहभागीहरुलाई ती ड्राफ्टहरु कपी गरेर लिन सक्ने व्यवस्था मिलाइने छ । साथै चाँडै यस संवन्धी एउटा छुट्टै व्लगको पनि निर्माण गरिने योजना रहेको छ ।

बहसमा भाग लिन चाहने संपूर्ण गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखक वा अभियान कर्ताको इमेल ठेगाना keshubirahi2008@yahoo.com मा पठाउन सक्न सक्ने छन । साथै http/www.nepaligazal.com/ अथवा http/www.srasta.blogspot.com/ मार्फत गएर वा सिधै http/www.freewebs.com/dobato मा गएर त्यहा रहेको दोवाटो वेभ पत्रिकाको भित्र रहेको गजल संवन्धी छलफलमा गएर फाइलमा भएको Reply To Author मार्फत पनि पठाउन सक्नु हुने छ । अथवा मा तर त्यहा बहसका एक एक वुँदा मात्र राखिने हुनाले जुन वुँदा राखिएको छ त्यही वुँदामा मात्र भाग लिन सक्नु हुने छ । तर सिधै इमेल मार्फत भने संपूर्ण विचार पनि राखन सक्नु हुनेछ । बहसमा आएका वुँदाहरु मथि उल्लेखित अनलाइन पत्रिकाका साथै http/www.majheri.com ,http/www.sahityaghar.com/ लगायतका पत्रिकामा राखिने छ । साथै फेसवुकमा रहनु हुने महानु भावले सवै जानाकारी फेसवुक मार्फत पनि पाउनु हुने छ । पनि तर इमेल गर्दा युनिकोर्डमा नलगी (प्रिति फन्टमा लेखेर) पठाउन अनुरोध गरिन्छ ।


अवधारणा अर्थात अभियान कर्ता
केशु बिरही
http/www.keshubirahi.blogspot.com/